भारी वर्षाले घोराही जलमग्न

दुर्गालाल केसी

दाङ — भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो ।

भारी वर्षाले घोराही जलमग्न

खोलामा पानीको सतह बढेको छ । बजारका नालीहरु भरिएर कतिपय पसल र घरमा पानी पसेको छ । पानी पसेर पसलका सामानहरु समेत भिजेका छन् ।

हावाहुरीसहित आएको पानीले बालीनालीमा पनि क्षति पुर्‍याएको छ । घोराही क्षेत्रमा ठूलो पानी परेको र यसको अभिलेख अझै तयार भैनसकेको मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ १४, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?