रुकुम पूर्वमा स्थापना भएको एक वर्षपछि उद्घाटन भयो आयुर्वेद स्वास्थ्य केन्द्र

हरि गौतम

रुकुम पूर्व — गतवर्ष नै स्थापना भई सञ्चालनमा रहेको रुकुम पूर्वको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । सिस्ने गाउँपालिका ६ छिप्रिदहमा रहेको यो केन्द्र स्थापना भएको एक वर्षपछि उद्घाटन भएको हो ।

रुकुम पूर्वमा स्थापना भएको एक वर्षपछि उद्घाटन भयो आयुर्वेद स्वास्थ्य केन्द्र

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्र उद्घाटन गर्दै मन्त्री थारुले रुकुम पूर्व आयुर्वेदिक औषधि उत्पादनको मुख्य स्रोतको जिल्ला हुन सक्ने बताए । औषधि उत्पादनको अध्ययन र अनुसन्धानमा प्रदेश सरकार लाग्ने उनको भनाइ छ ।

२०७८ जेठ २६ गतेदेखि यो केन्द्रले आफ्नो सेवा प्रवाह थालेको थियो । विविध कारणले केन्द्रको उद्घाटन गर्न नभ्याइएको भन्दै स्थापना भएको एक वर्षपछि केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रले हालसम्म बिरामीको निःशुल्क उपचार गरिरहेको छ । अहिले यो स्वास्थ्य केन्द्रले ओपीडीमार्फत बिरामीको सेवा प्रवाह गरिरहेको छ ।

थेरापी सेवा प्रवाहको तयारी भए पनि त्यो सञ्चालनमा आउन नसकेको केन्द्र प्रमुख डा. गणेश अधिकारीले बताए । आयुर्वेद सेवा केन्द्र सञ्चालनमा आएपछि सर्वसाधारणको आयुर्वेद चिकित्सा र उपचार पद्धतिमा आकर्षण बढिरहेको उनले बताए । थेरापी पद्धति र अरु सेवा थप भएपछि आयुर्वेद उपचारमा जोडिनेहरू स्वभावैले बढ्ने विश्वास अधिकारीले व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?