दाङमा सिकार खेल्न गएकाको गोली लागेर मृत्यु

४ भरुवा बन्दुकसहित ४ जना पक्राउ
दुर्गालाल केसी

दाङ — सिकार खेल्न जाँदा गोली लागेर देउखुरीमा एक शिकारीको मृत्यु भएको छ । बंगलाचुली गाउापालिका ८ र लमही नगरपालिका १ को बीचमा पर्ने रानीखुट्टीको जंगलमा शुक्रबार राति अवैध रुपमा सिकार खेल्न गैरहेका सिकारीमध्ये लमही नगरपालिका १ बसन्तपुरका २३ वर्षीय भागबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जंगलमा हिँडिरहेको बेला साथीले बोकेको बन्दुक पड्किएर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पुनको घाँटीमा गोली लागेको छ ।

घटनास्थलबाट चारवटा भरुवा बन्दुकसहित चार जना सिकारीलाई पक्राउ गरेको उनले जानकारी दिए । जंगलमा हिँड्दा रुखको लहरोले तानेर बन्दुक पड्केपछि पुनको ज्यान गएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । पक्राउ परेकालाई जिल्ला प्रहरीमा ल्याउन थालेको र घटनाबारे विस्तृत अनुसन्धान गर्न बााकी रहेको काफ्लेले बताए ।


प्रकाशित : जेष्ठ १४, २०७९ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?