बलात्कार उजुरीमा हदम्याद हटाउन माग गर्दै नेपालगन्जमा र्‍याली- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार उजुरीमा हदम्याद हटाउन माग गर्दै नेपालगन्जमा र्‍याली

रुपा गहतराज

नेपालगन्ज — बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाँकेका युवाले शुक्रबार दबाब र्‍याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे ।

बलात्कारका मुद्दामा हदम्याद हटाउनु पर्ने, पीडितलाई चाँडो न्याय दिनुपर्ने, बालिका र महिला सुरक्षामा सरकार गम्भीर हुनुपर्ने विद्यार्थीहरुले माग उठाए । उनीहरुले 'महिलाको सम्मान गर', 'महिलाको अधिकार संरक्षण गर' जस्ता नारा लगाएका थिए ।

बाँकेमा रहेका युवा अभियन्ता, क्याम्पसका विद्यार्थीले सामूहिकरुपमा दबाब र्‍याली निकालेका थिए । उनीहरूले जिल्ला प्रशासन बाँके अगाडि प्रदर्शन गरे । विरोध प्रदर्शनको अगुवाइ गरेका युवा अभियन्ता प्रकाश कुँवरले बलात्कार र महिला हिंसा अन्त्यका लागि सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रिएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकाले गलत सूचना फैलायो : चीन

एजेन्सी

काठमाडौँ — चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीनबारे भ्रामक टिप्पणी दिएको भन्दै अमेरिकी अधिकारीको अभिव्यक्तिमा आपत्ति जनाएको छ । अमेरिकी विदेशसचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सन्तुलित गर्नुपर्ने प्रतिक्रिया दिएपछि चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया सार्वजनिक भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्लिङकेनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने विषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ बताएका छन् । वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएक हुन् ।

चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे पछिल्ला दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ ।

बिहीबारको मन्तब्यमा ब्लिन्केनले चीनको ‘अन्तर्राष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय' बारे चेतावनी दिएका थिए । साथै विश्वव्यापी व्यवस्थामा सुरक्षाको लागि आह्वान समेत गरेका थिए ।

यस्तै चीनले विश्वभरका देशहरूसँग ताइवानको सम्बन्ध टुटाएको र ताइवानमा चीनले तनाव बढाएको अमेरिकी अधिकारीको आरोप थियो । ताइवानलाई अन्तर्राष्ट्रिय संगठनहरूमा भाग लिनबाट चीनले रोकेको भन्दै अमेरिकी अधिकारीले चीनप्रति रोष प्रकट गरेका थिए । ब्लिङकेनको उक्त अभिव्यक्तिको खण्डन गर्दै चीनले यसको यसको कुटनीतिक रूपमा विरोध गर्ने वाङले बताएका हुन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×