१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालश्रम रोक्न प्रदेश सरकार गम्भीर : मन्त्री शर्मा

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।अहिले पनि विभिन्न क्षेत्रमा बालबालिकालाई श्रमिकको रुपमा काम गरिरहेको बताउँदै त्यसको अन्त्य गर्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र स्रोत व्यवस्थापनका सही कार्यान्वन गर्न मन्त्रालय तत्पर रहेको उनले बताए । 

बालश्रम रोक्न प्रदेश सरकार गम्भीर : मन्त्री शर्मा

बेस संस्थाले शुक्रबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बाल श्रमिक तथा बेचविखनको अवस्था अनुसन्धानको निष्कर्ष जानकारी तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले बालबालिकालाई श्रममुक्त बनाउने प्रदेश सरकारले योजनाहरु पनि अगाडि सार्ने बताए ।

इटा उद्योग, होटललगायत क्षेत्रमा धेरै बालश्रमिक काममा रहेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ । कार्यक्रममा प्रदेश सरकारकी कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले बालश्रम अन्त्य गर्न सरकारले गरेको लगानी खेर जान नदिने बताइन् । संघसंस्थाले गर्ने काममा सरकार हातेमालो गर्न तयार रहेको उनको भनाइ छ । उनले बालश्रममुक्त बनाउने ऐन र कानुन बने पनि कार्यान्वयनको पाटो फितलो रहेको बताइन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले अध्ययनबाट १४ वर्षमुनिका १० प्रतिशत बालबालिका श्रममा रहेको देखिएको बताए । टोलीले प्रदेशका ७ वटा जिल्लामा पुगेको अध्ययन गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?