कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिकित्सक बिदामा बस्दा प्यूठान अस्पतालको पोष्टमार्टम सेवा रोकियो

काठमाडौँ — चिकित्सक नहुँदा जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टम सेवा अवरुद्ध भएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरु एकै पटक बाहिर जाँदा अस्पतालको सेवा  रोकिएको हो ।

चिकित्सक बिदामा बस्दा प्यूठान अस्पतालको पोष्टमार्टम सेवा रोकियो

अस्पतालमा कार्यरत एक जना एमडी र सात जना मेडिकल अफिसर अस्पतालमा उपस्थित नहुँदा सेवा प्रभावित भएको हो । अहिले जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टम सेवा बन्द भएको छ ।

अस्पतालका कार्यरत ८ जना कर्मचारी परीक्षा दिन जिल्ला बाहिर गएको र अन्य पदमा कार्यरत चिकित्सक नहुँदा सेवा प्रभावित भएको प्यूठान अस्पतालका सूचना अधिकारी खिमप्रसाद पार्धेले बताए ।

जनशक्ति नहुँदा सेवा रोकिएको र यसको विकल्प खोजी भइरहेको समेत उनले बताए । उनका अनुसार कर्मचारी नहुँदा सेवा राकिएको विषयमा मन्त्रालयमा जानकारी गराइसकिएको र केही समयमा सेवा पुन: सुरु हुने बताइएको छ ।

यसवाहेक जिल्लाका स्थानीय तहहरुमा पनि चिकित्सक जिल्ला बाहिर रहेकाले समस्या हुने गरेको पार्धेले जानकारी दिए । गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिकाका चिकित्सकहरु पनि परीक्षा दिन जिल्ला बाहिर छन् । १७ गतेमात्रै चिकित्सकहरु जिल्ला फर्कने हुँदा त्यतिञ्जेलसम्म सेवा बन्द हुन सक्ने बताइन्छ ।

बिहीबार पोष्टमार्टमका लागि प्यूठान अस्पताल ल्याइएको शव अहिलेसम्म पनि अस्पतालमै राखिएको छ । शव पोष्टमार्टमका लागि अस्पतालमा आएका मृतकका आफन्तहरूका अनुसार अस्पताल प्रशासनले अहिले शव पोष्टमार्टमका लागि लमही वा बुटवल लैजान भनेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भने अस्पतालमा रहेका अन्य चिकित्सकलाई जिम्बेवारी दिने गरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा समन्वय भएको बताइन् । अस्पतालमा दुई जना एमडी अहिले पनि रहेको स्वास्थ्य मन्त्रालयबाट पोष्टमार्टम गर्ने जिम्बेवारी दिइए सेवा पुन: सुरु हुने बताइन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?