१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङको घोराहीस्थित ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका १० ग्वारखोला पुलमा बिहीबार राति रा १ क ४७३ नम्बरको ट्रकसँग रा ३ प १५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घोराही १९ नयाँ बस्तीका २४ वर्षीय बागकुमार पुनको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकल बसलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर बसको टायरमुनि परेको थियो ।

दुर्घटनापछि बस र ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?