२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुपन्देहीको भलबारीस्थित निगमको डिपो अगाडि दुई ट्यांकरमा आगलागी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।

रुपन्देहीको भलबारीस्थित निगमको डिपो अगाडि दुई ट्यांकरमा आगलागी

शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।

डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो ।


प्रकाशित : जेष्ठ १३, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?