कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

रुपन्देहीकी एक्ली महिला वडा अध्यक्ष

अमृता अनमोल

बुुटवल — १६ स्थानीय तह रहेको रुन्देहीमा १ सय ५५ वडा छन् । यति धेरै वडामा नेतृत्व गर्ने अवसर भने एक जना महिलाले मात्रै पाएकी छन् । उनी हुन् मीना थापा क्षेत्री ।

रुपन्देहीकी एक्ली महिला वडा अध्यक्ष

मीना गैडहवा गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी नेकपा एमालेबाट उमेदवार बनेकी हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार निर्वतमान वडाअध्यक्ष समेत रहेका टेकबहादुर बलाललाई छाडि पारेर जित हात पारेकी हुन् । उनको जितसँगै जिल्लामा वडाअध्यक्ष महिला बन्न सफल भएका छन् । अघिल्लो कार्यकालमा रुपन्देहीमा एक जना पनि महिला वडाअध्यक्ष थिएनन् ।

मीना अघिल्लो कार्यकालमा महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि कार्यपालिका सदस्य पनि बनेकी थिइन् । त्यसबेला सिकेको ज्ञान र अनुभवले यसपालि वडाअध्यक्ष बन्न सहयोग गरेको उनले बताइन् ।

कक्षा १० सम्म पढेकी मीनाको चाहना गाउँका सबै बालबालिकालाई माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा दिने छ । त्यसका लागि विकासको लागि वडा आउने बजेटको १० प्रतिशत लगानी गर्ने उनले बताइन् । पुरुषको तुलनामा वडामा महिलाहरु पछाडि परेका छन् । महिलाहरुलाई आर्थिक सशक्तिकरण र चेतना विकास गराउने उनको योजना छ ।

एमालेले बुटवल उपमहानगरपालिका ७ मा सीता थापालाई वडाअध्यक्षको उम्मेदवार बनाएको थियो । थापाले भने पराजय बेहोर्नुपर्‍यो । कन्चन गाउँपालिकाको वडा नम्बर ३ र ४ बाट महिलाहरुले उम्मेदवारी दिएका थिए । त्यहाँ पनि उनीहरुले जित हासिल गर्न सकेनन् । नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगर नगरपालिकाको वडा नं. ५ मा अध्यक्ष लगायत सबै महिला उम्मेदवार बनाएको थियो । यद्यपि उनीहरुले जितेनन् । महिलालाई वडाअध्यक्षको उमेदवार नै कम बनाउने र कमजोर क्षेत्र दिने गरेकाले जित्न नसकेको अधिकारकर्मी हेमा खनालले बताइन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?