अर्घाखाँचीमा चितुवाको आक्रमणमा स्कुले बालकको मृत्यु 

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका-४ वाङला अमलडाँडा गाउँका ७ वर्षीय बालक सम्राट नेपाली मृत भेटिएका छन् । स्कुलबाट फर्कंदै गरेका उनलाई साढे ४ बजेतिर चितुवाले आक्रमण गरेको र प्रहरीले खोजी गर्दा साँझ ८ बजे जंगलमा शव भेटिएको प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

नेपालीको शव घरदेखि करिब १ किलोमिटर दूरीमा पर्ने जंगलमा भेटिएको उनले बताए ।

स्थानीयले नेपालीलाई चितुवाले आक्रमण गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रकाशित : जेष्ठ १२, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?