बर्दियामा जिपको ठक्करबाट बालकको मृत्यु

कमल पन्थी

बर्दिया — गुलरिया-नेपालगन्ज सडक खण्डअन्तर्गत गुलरिया—११ डल्लापुरमा जिपको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले चक्काजाम गरेका छन् ।

बिहीबार करिब ५ बजे पूर्वबाट गुलरियातर्फ आइरहेको बा १ ञ १९०३ नम्बरको जिपले ठक्कर दिँदा ११ वर्षीय लवकुश यादवको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाए । जिप विद्युत् प्राधिकरण गुलरियाको भएको डिएसपी सापकोटाले बताए ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?