पाल्पामा मूल्यवृद्धिविरुद्ध आन्दोलन : ६ जना प्रहरी नियन्त्रणमा 

माधव अर्याल

पाल्पा — पेट्रोलियम पदार्थलगायत खाद्यान्नको चर्को मूल्यवृद्धिको विरोधमा उत्रिएका नेकपा एमाले निकट भ्रातृ संगठनका युवाहरुलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाल्पामा मूल्यवृद्धिविरुद्ध आन्दोलन : ६ जना प्रहरी नियन्त्रणमा 

मूल्यवृद्धिविरुद्धको आन्दोलन गरिरहेका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले कार्यालय सचिव दीपक विश्वकर्मा, युवा संघका जिल्ला कोषाध्यक्ष सुधीर भट्टराई, युवा संघका तानसेन अध्यक्ष राजेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै अनेरास्ववियूका जिल्ला अध्यक्ष हिराकुल कुँवर, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याललगायतलाई पाल्पा प्रहरीले तानसेन आन्दोलन चोकबाट नियन्त्रणमा लिएको हो । एमाले नगर अध्यक्ष गुराँस आत्रेयले पक्राउ परेकालाई बिनासर्त रिहाइ गर्न अनुरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?