३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर पीपलचौतारा नजिकै भारतीय ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका कोहलपुर–१३ का अटोचालक २९ वर्षीय रामसेवक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । 

तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


प्रकाशित : जेष्ठ ११, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?