कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पामा मंगलबार अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सदरमुकाम लिवाङबाट यात्रु लिएर माडीचौरतिर जाँदै गरेको अटो सिमलबाङस्थित सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रा १ ह ४३४७ नम्बरको अटोका चालक रोल्पा नगरपालिका-२ थलीबाङ गाउँ निवासी अन्दाजी २९ वर्षका महेश कवरको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त अटो सडकबाट करिब ५० मिटर मुनि खसेको थियो। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले अटो अनियन्त्रित भएकाले दुर्घटनामा परेको हुनसक्ने जानकारी दिए।

दुर्घटनामा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा अटोमा यात्रा गरिरहेका रोल्पा नगरपालिका ७ माडिचौर निबासी ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र सहवीर खत्री छन्। सबैको उपचार रेउघास्थित रोल्पा अस्पतालमा भइरहेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?