२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने पक्राउ

अमृता अनमोल

बुटवल — सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने पक्राउ

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गााउँपालिका ९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गााउँपालिका घर भइ रुपन्देही कञ्चन गाउँपालिका १ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगर रहेका छन् ।

उनीहरुबाट सुन जस्तो देखिने पाहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९, विभिन्न कम्पनीका मोबाइल सेट ४ थान, गोल्डेन रंग सहितको बट्टा १ थान र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरेको छ ।

उनीहरुले सैनामैना नगरपालिका १० शितलापुरस्थित एक होटलमा जेठ ५ गते धन सौमैलाई पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी होटलमा बोलाएर झुक्याई सुन जस्तो देखिने गोल्डेन कलरको फलामको ढिक्का दिएर फरार भएका थिए । पीडितले दिएको उजुरीका आधारमा अभियुक्तहरुलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?