१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ

गगनशिला खड्का

गुल्मी — नाबालिका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा दुई शिक्षक पक्राउ गरेका छन् । गुल्मीको सत्यवती माध्यमिक विद्यालयमा अध्यनरत छात्रालाई सोही विद्यालयका शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नाबालिका छात्रालाई आरोपित शिक्षक भट्टराईले गत बर्षको भदौ महिनादेखि र बस्यालले माघदेखि छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुर्व्यवहार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?