कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पहिरोले पाल्पाको जोरधारामा सडक अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पहिरोले पाल्पाको जोरधारामा सडक अवरुद्ध

तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सवारी साधन रोकिएका छन् । पहिरो ठूलो खसेकोले खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले सुख्खा पहिरो खसेको र डोजर खोजी भएको बताए । घटनास्थलमा प्रहरी प्रहरी परिचालन गरिएको छ । पाल्पा तर्फबाट बुटवल जाँदै गरेका र बुटवलबाट पाल्पा आउँदै गरेका सवारी साधन अलपत्र परेका छन् । गौडेपुल नजिकदेखि चर्चरेसम्म सडक डिभिजनले चौडा गरेको थियोे ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?