माछा मार्न गएका काका–भतिजको खाेलामा डुबेर मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — माछा मार्ने क्रममा काका–भतिजकाे खाेलामा डुबेर मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका–८ फाेप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ वर्षीय समुलाल घर्तीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू अर्घाखाँचीमा न्वारनकाे भाेज खान आएका थिए । शितगंगा नगरपालिका-९ औलेका हिरा घर्ती पल्लीकाे छाेरीकाे न्वारनकाे भाेज खाएपछि उनीहरू शनिबार खाेलामा माछा मार्न खाएका थिए । त्यही क्रममा खाेलामा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

जिल्ला अस्पतालमा शवकाे पाेष्टमार्टमपछि आफन्तलाई बुझाइएकाे उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?