कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको बाँसटारी–झडेवा सडक अन्तर्गत तानसेन नगरपालिका–९, दमकडामा आइतबार मध्यान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

माथागढी गाउँपालिकाको कसेनी सराईबाट बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका तिनाउ गाउँपालिका–५, मस्यामका रास्कोटी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?