हावाहुरीले फोप्ली स्वास्थ्य चौकीको छाना उडायो

शमशेरविक्रम जीसी

प्यूठान — हावाहुरीले प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना उडाएको छ । बेलका ६ बजेतिर आएको हावाहुरीसहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको हो ।

हावाहुरीले फोप्ली स्वास्थ्य चौकीको छाना उडायो

चौकीको करिब आधा भागमा रहेको छाना उडाएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्य चौकीको छाना उडाएपछि चौकीभित्रै पानी पसेको छ ।

एक्कासी आएको हावाहुरीले स्वास्थ्य चौकीको छाना उडाएको थियो । अहिले स्वास्थ्य चौकीभित्रका कोठामा पानी जम्मा हुन थालेको छ ।

अत्यावश्यक सामानहरु समेत पानीले भिझाएको छ । स्वास्थ्य चौकीको छाना उडाएपछि स्वास्थ्यकर्मी अहिले स्थानीयको घरमा बसेका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?