बाँकेको बैजनाथमा कांग्रेसका शाही र रोकाय निर्वाचित

रुपा गहतराज

बाँके — बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही र निर्मला रोकाय निर्वाचित भएका छन् । शाहीले नेकपा एमालेका घननाथ खनाललाई १ हजार ७९८ मतान्तरले पराजित गरे ।

बाँकेको बैजनाथमा कांग्रेसका शाही र रोकाय निर्वाचित

अध्यक्षमा निर्वाचित शाहीले १२ हजार १८० मत पाए भने एमालेका खनालले १० हजार ३८२ मत ल्याए । यस्तै, उपाध्यक्षमा निर्वाचित कांग्रेसकी रोकायले १२ हजार १५२ मत सहित विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की प्रेम पूर्ण योगीले १० हजार ७३३ मत ल्याइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?