निर्वाचित प्रमुख र अध्यक्षलाई शपथ गराइयो
(बर्दिया) — स्थानीय पालिका निर्वाचन सम्पन्न भएपछि शुक्रबार आठ पालिकाका प्रमुखलाई जिल्ला समन्वय समितिको सभाकक्षमा शपथ गराइएको छ । जिल्लाको आठ पालिकाका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले शपथ गराएका हुन् ।
बर्दियामा गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा कांग्रेसले नेतृत्व गरेको छ ।
यसै गरी राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा माओवादी र बाँसगढी नगरपालिकामा एमालेले नेतृत्व गरेको छ ।
मुख्य निर्वाचन अधिकृतले प्रमुख र अध्यक्षलाई शपथ ग्रहणपछि शुक्रबार प्रमुख र अध्यक्षले सम्बन्धित पालिकामा उपप्रमुख, वडाअध्यक्षसहित सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि सबै जनप्रतिनिधिले कार्यभार सम्हाल्नेछन् । बर्दियामा ७५ वडा रहेका छन् ।
प्रकाशित : जेष्ठ ६, २०७९ १२:०६प्रतिक्रिया