कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्वाचित प्रमुख र अध्यक्षलाई शपथ गराइयो

कमल पन्थी

(बर्दिया) — स्थानीय पालिका निर्वाचन सम्पन्न भएपछि शुक्रबार आठ पालिकाका प्रमुखलाई जिल्ला समन्वय समितिको सभाकक्षमा शपथ गराइएको छ । जिल्लाको आठ पालिकाका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले शपथ गराएका हुन् ।

निर्वाचित प्रमुख र अध्यक्षलाई शपथ गराइयो

बर्दियामा गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा कांग्रेसले नेतृत्व गरेको छ ।

यसै गरी राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा माओवादी र बाँसगढी नगरपालिकामा एमालेले नेतृत्व गरेको छ ।

मुख्य निर्वाचन अधिकृतले प्रमुख र अध्यक्षलाई शपथ ग्रहणपछि शुक्रबार प्रमुख र अध्यक्षले सम्बन्धित पालिकामा उपप्रमुख, वडाअध्यक्षसहित सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि सबै जनप्रतिनिधिले कार्यभार सम्हाल्नेछन् । बर्दियामा ७५ वडा रहेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?