कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हथजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

जिल्लाका १० मध्ये ५ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ५ स्थानीय तहको मतगणना भइरहेको छ ।

शिवराजसँगै राप्रपाले ३ पालिका प्रमुखमा जित हात पारेको छ । यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेको तेमालमा कांग्रेसका तामाङ र माओवादी केन्द्रका थोकर निर्वाचित

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र नेकपा माओवादी केन्द्रका दलमान थोकर निर्वाचित भएका छन् । तामाङले ७ हजार ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८७० मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका थोकरले ६ हजार ५५१ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका सम्तेन थिङले ४ हजार ९५२ मत प्राप्त गरिन् ।

यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो ।


प्रकाशित : जेष्ठ ५, २०७९ २०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×