कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जबरजस्ती करणी आरोपितको उपचारका क्रममा मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुरमा ६५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु भएको छ । नरैनापुर-५ मटेहियाका ३५ वर्षीय रामपाल यादवको प्रहरी नियन्त्रणमा रहेकै बेला मृत्यु भएको हो । 

बुधबार बिहान प्रहरीको नियन्त्रणमा रहेका यादवको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

‘खोज्दै जाँदा बुधबार राति १ बजे घरबाटै नियन्त्रणमा लिएका थियौं । स्थानीयले पनि कुटेका रैछन‚’ ईलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर सुनारले भने,‘नियन्त्रणमा लिएपछि मेडिकल गर्न लक्षमपुर स्वास्थ केन्द्रमा लगेका थियौं तर जबरजस्ती करणीको घटना भएकाले भेरी अस्पतालमा लगेको बेला अस्पतालले मृत घोषणा गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले प्रहरी नियन्त्रणमा रहेका यादवलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?