कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वडाध्यक्षको विजय जुलुसमा सहभागी चढेको गाडी दुर्घटना, २४ जना घाइते

माधव ढुंगाना

रुपन्देही — वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

वडाध्यक्षको विजय जुलुसमा सहभागी चढेको गाडी दुर्घटना, २४ जना घाइते

एमालेबाट वडा अध्यक्ष निर्वाचित सूर्जमान यादवको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

'२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो,' जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारीले बताए ।

वडाध्यक्ष यादवलाई भने केहि नभएको केसीले बताए । बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको पल्टिएको हो ।

घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?