१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दाङको गढवामा माओवादी केन्द्रका पोखरेल र कांग्रेसकी चौधरी विजयी

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरी निर्वाचित भएका छन् । यहाँ नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन थियो । २०७४ मा दुवै पद एमालेले जितेको थियो ।

दाङको गढवामा माओवादी केन्द्रका पोखरेल र कांग्रेसकी चौधरी विजयी

पुन: उम्मेद्वार भएका एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै जना पराजित भएका छन् । अध्यक्षमा माओवादीका पोखरेलले ६ हजार ९ सय ९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सर्वजित डिसीले ६ हजार १६७ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी शारदा कुमारी चौधरी ५ हजार ८ सय ८१ मतका साथ विजयी भएकी छिन् । सोही पदमा एमालेकी सिता कुमारी चौधरीले ४ हजार ८ सय ३० र नेकपा एकिकृत समाजवादीकी शान्ती चौधरीले ४ हजार १ सय १२ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?