कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बर्दियाको गेरुवामा कांग्रेसका केसी र चौधरी निर्वाचित

कमल पन्थी

बर्दिया — गेरुवा गाउॅपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका जमान सिंह केसी र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । केसी दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका विश्व बहादुर थारुलाई पराजित गरे ।

बर्दियाको गेरुवामा कांग्रेसका केसी र चौधरी निर्वाचित

सहायक निर्वाचन अधिकृत कपिल घिमीरेका अनुसार केसीले ७ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका थारुले ६ हजार ६ सय २० र एमालेका भरत बहादुर धामीले १ हजार ८ सय ५१ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । माओवादीकी लिला चौधरीले ६ हजार ५ सय ८३ मत र एमालेकी मन्जु शर्माले २ हजार २ सय ४३ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?