पाल्पामा १६ मतदानस्थल अति संवेदनशील

माधव अर्याल

पाल्पा — स्थानीय तहको निर्वाचनका लागि १ सय १८ मतदानस्थलमध्ये १६ वटा अति संवेदनशील रहेका छन् । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार ४५ संवेदनशील र ५७ सामान्य रहेका छन् ।

पाल्पामा १६ मतदानस्थल अति संवेदनशील

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा २ सय ४७ मतदान मतदान केन्द्र कायम भएको प्रजिअ पन्तले बताए । अति संवेदनशील मतदान स्थलमा सोहीअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख रुक्मागत अर्यालका अनुसार कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता एकघण्टा भन्दा टाढा जानुपर्ने अवस्थाका छैनन् । ५ सय भन्दा कम मतदाता रहेका ५ मतदान केन्द्र रहेका छन् । पाल्पामा १ लाख ९९ हजा हजार ६ सय ९० मतदाता रहेका छन् । २०७४ मा १ लाख ६२ हजार २ सय ५३ मतदाता थिए । २०७४ सालको निर्वाचनमा भन्दा ३७ हजार ४ सय ३७ मतदाता यसपटक बढी छन् ।

जिल्लामा १४ वटा राजनीति दल रहे पनि नौ दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारी दिने पनि छन् । जिल्ला प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नगर र गाउँपालिकामा रहने मतदान केन्द लक्षित सुरक्षा योजना तर्जुमा गरेर खटाएको बताए । जिल्लामा सेना, प्रहरी, सशस्त्र र म्यादी गरी २ हजार सुरक्षाकर्मी खटिएका छन् भने । १ हजार ९ सय ७१ कर्मचारी जिल्लाका मतदान केन्द्रमा खटिएका छन् ।

महिलामैत्री केन्द्र बन्यो मोहनकन्या

जिल्लाको एक मतदान केन्द्रमा सबै महिला कर्मचारी परिचालन गरिएको छ । यहाँ प्रहरी र म्यादीसमेत महिला परिचालन गरिएको छ ।

तानसेन नगरपालिका–४, मोहनकन्या मतदान केन्द्रमा महिला मात्रैको केन्द्र बनाइएको हो । यहाँ जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठ र करदाता सेवा कार्यालयकी प्रमुख गीता पाण्डेय मतदान अधिकृत छन् । सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाइएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए ।

‘महिलालाई मात्रै पनि अवसर दिनुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले महिला प्रहरीर म्यादी पनि सोही अनुसार खटाइएको छ ।’ मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले राजनीतिक दलहरुले महिला नै प्रतिनिधि खटाउने हो भने नमुना नै बन्ने बताए ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?