कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बुटवलको मिलनचोकमा बम विस्फोट

घनश्याम गौतम

रूपन्देही — बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार मिलनचोकको आकाशे पुल नजिकै बम पड्किएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा पर्चाहरुसमेत फेला परेको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरपर केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

घटनास्थल वडा ८ को मतदान केन्द्रबाट नजिकै पर्छ ।

प्रकाशित : वैशाख २८, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?