२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कार दुर्घटनामा बालिकाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाकेको राप्ती सोनारी-८ शम्सेरगञ्जको जंगलमा कार अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ पूर्वदेखि पश्चिमतर्फ आउँदै गरेको बा. प्र. ०१-०२७ च २५२२ नम्बरको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कारमा सवार डडेल्धुराको अमरगडी नगरपालिका ७ की १५ वर्षीया प्रशंसा ऐरको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

कार चालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्ने ३४ वर्षीय कमल केसी र डडेल्धुरा अमरागडी नगरपालिका ७ का ३९ वर्षीय डम्मर ऐर घाइते भएका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?