कार दुर्घटनामा एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी–८ शमशेरगञ्जको जंगलमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ पूर्वदेखि पश्चिमतर्फ आउँदै गरेको बा. प्र. ०१–०२७ च २५२२ नम्बरको कार अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा डडेलधुराको अमरगडी नगरपालिका–७ की १५ वर्षीया प्रसंसा ऐरको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय कमल केसी र डडेलधुरा अमरगडी नगरपालिका–७ का ३९ वर्षीय डम्मर ऐर घाइते भएका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?