बर्दियामा चित्तलको मासुसहित तीन पक्राउ

कमल पन्थी

बर्दिया — जंगलबाट चित्तल मारेर भागबन्डा गरिरहेको अवस्थामा शनिबार बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बासगढी नगरपालिका—३ गौराचोकस्थित चित्तलको मासु भागबन्डा गरिरहेको अवस्थामा विशेष सूचनाका आधारमा सोही ठाउँका प्रेमबहादुर विष्ट,भद्दु थारु र शिवप्रसाद थारुलाई पक्राउ गरिएको सूचना अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताए । उनीहरुबाट करिब ५० किलो काटिएको चित्तलको मासु बरामद गरिएको डिएसपी सापकोटाले जनाए । उनीहरुलाई कारबाहीका लागि वन कार्यालय पठाइएको छ ।

प्रकाशित : वैशाख १७, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?