तिलोत्तमामा एमालेका चापागाईं र चौधरीको उम्मेदवारी दर्ता

घनश्याम गौतम

रूपन्देही — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुखमा मोहन चापागाईं र उपप्रमुखमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गराएका हुन । चापागाई नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष पनि हुन् । चौधरी यसअघि पनि उपप्रमुख निर्वाचित भएकी हुन् । 

उम्मेदवारी दर्तापछि चापागाईंले समृद्ध तिलोत्तमा र स्वच्छ तिलोत्तमा बनाउने बताए । चापागाईं एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख पनि हुन् । २०७४ सालको निर्वाचनमा पनि जिल्ला कमिटीले उनलाई टिकट दिएको थियो । अन्तिम समयमा केन्द्रबाटै वासुदेव घिमिरेको नाममा टिकट आएको थियो ।

प्रकाशित : वैशाख १२, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?