कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा महिला कलेज

जे पाण्डे

नेपालगन्ज — मधेसी तथा मुस्लिम छात्राका लागि लक्षित गर्दै नेपालगन्जमा महिला कजेल स्थापना गरिएको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना  गरिएको हो ।

मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा महिला कलेज

महिला कलेजका प्रमुख रवीन्द्र कर्णले करिब ५ करोड रुपैयाँको लागतमा ४० कोठे भवन निर्माण गरिएको जानकारी दिए । महिला कलेजमा छात्रावासको व्यवस्था समेत गरिएको छ ।

कलेजले व्यवस्थापन सङ्कायमा बीबीए र बीबीएस, कानुन सङ्कायमा ५ वर्षे बीएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे बीएड र विज्ञानतर्फ ४ वर्षे बीएस्सी र बीआईटी कक्षा सञ्चालनको अनुमतिका लागि पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

मंगल प्रसाद माध्याकिम विद्यालयले लिजमा दिएको १२ कठ्ठा जमिनमा निर्माण गरिएको महिला कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले करिब डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कलेज सन्चालन भएपछि नेपाली छात्राहरुलाई भारतमा गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य हुने संचालकहरूले बताएका छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?