३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

रोल्पा — रोल्पाको सुनिलस्मृति गाउँपालिका– ३ मिझिङ लोवाङमा शुक्रबार भएको ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही ट्र्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु ३ त ९९६० नम्बरको ट्र्याक्टर दुर्घटनाग्रस्त भएको थियो ।

स्थानीयहरूका अनुसार ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै घाइते भएका दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको साँझ ६ : ४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए । चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताए ।

प्रकाशित : चैत्र ११, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?