कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाल्पामा जलेर एकको मृत्यु

माधव अर्याल

पाल्पा — रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको आगलागीमा परी मृत्यु भएको छ । मंगलबार राति घरको कोठामा अचानक लागेको आगोले जलेर कुमालको मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

टिनको छाना भएको तीन तले घरको दोस्रो तलामा सुतिरहेका कुमाल आगलागीमा परेका थिए ।

उनका परिवारहरु श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए । घटना थाहा पाएलगत्तै उनको परिवार र छिमेकीले आगो नियन्त्रणमा लिएका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?