कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हाब्रेको छालासहित ३ जना पक्राउ

दुर्गालाल केसी

दाङ — जिल्ला प्रहरी कार्यालय दाङले संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै रोल्पाका हुन् ।

हाब्रेको छालासहित ३ जना पक्राउ

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय रामबहादुर थापा, लुङग्री गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने १९ वर्षीय रामकुमार पुन मगर रहेका छन् ।

हाब्रेको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याइ दाङ जिल्ला हुँदै काठमाडौं लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी उनीहरूलाई भालुवाङबाट पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ-प्यूठान सडक खण्डमा हाब्रेको पाँच थान छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?