पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका इस्लामपुरमा बुधबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा रामपुर–४, भीमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रामपुरको बाङ्गेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–००८ प २९८५ को मोटरसाइकल इस्लामपुरमा दुर्घटना हुँदा चालक रामपुर–५ बेझाँड बस्ने ३५ वर्षीय जीवन श्रेष्ठ र मोटरसाइकलको पछाडी सवार प्रेम घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि रामपुर अस्पताल लगिएकोमा प्रेमलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीेले जनाएको छ ।

गम्भीर घाइते श्रेष्ठलाई रामपुर अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भइ सडकको नालीमा पल्टिएको थियो ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?