पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय रवीन छिनालको मृत्यु भएको छ ।

भूकम्प प्रभावित क्षेत्र हेर्ने पुनर्निर्माण प्राधिकरणका ओभरसियर पूर्वी रुकुमको भुमे गाउँपालिका–४ घर भएका छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको स्थानीय एवतकुमार सारुले जानकारी दिए ।

फोक्सिङकोटको सुरुमडाँडादेखि ताहुँ जाने क्रममा छिनालले चलाउने लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकबाट झण्डै २ सय मिटर तल खसेको वडा सदस्य चेतबहादुर सुनारीले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई भीरबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको ताहुँ प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित : माघ २७, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?