नेपालगञ्जका स्कुले बालबालिकालाई खोप

रुपा गहतराज

नेपालगन्ज — बाँकेका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरूलाई मोडेर्ना खोप लगाउन सुरु गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना विरुद्धको मोडेर्ना खोप लगाउन सुरु गरेको हो।

नेपालगञ्जका स्कुले बालबालिकालाई खोप

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई बुधबारदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको सहभागितामा नेपालगन्जको धम्बोझी माविबाट खोप अभियानको सुरुआत गरिएको थियो।

स्वास्थ्य कार्यलय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठको बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूले तोकेका खोप केन्द्रहरूमा खोप लगाउन सुरु गरिएको बताए ।

श्रेष्ठका अनुसार बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकालाई समेत उमेर खुल्ने जन्मदर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने छ ।

जिल्लामा १२ देखि १७ वर्ष उमेरका ६९ हजार बालबालिका रहेका छन्। खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मीले हाल स्कुल–स्कुलमा पुगेर बालबालिकालाई खोप लगाइरहेका छन्। कोरोना संक्रमण जोखिमका कारण बन्द भएका स्कुलहरू खोप लगाउनकै लागि खुलाइएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार जिल्लाका दुई सय ७० वटा विद्यालयबाट खोप कार्यक्रम सुरु भएको हो ।

प्रकाशित : माघ १९, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?