२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रुपन्देहीका विद्यार्थीलाई सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाइने

अमृता अनमोल

बुटवल — रुपन्देहीमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई माघ १७ गते, सोमबारदेखि तीन दिनसम्म कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

रुपन्देहीका विद्यार्थीलाई सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाइने

विद्यार्थीलाई विद्यालयमै भौतिक उपस्थिति गराएर कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । पठनपाठन बन्द रहे पनि खोप लगाउने प्रयोजनका लागि विद्यालय संचालन हुने उनले बताए।

रुपन्देहीमा १२ देखि १७ वर्षसम्मका १ लाख ३४ हजार ५ सय ३१ बालबालिका छन् । अहिलेसम्म रुपन्देहीका २३ हजार ६ सय विद्यार्थीहरूले कोरोना विरुद्धको मोडर्ना खोपको पहिलो डोज लगाइसकेका छन् ।

बुटवल उपमहानगरपालिका ४ दिन साथै अन्यमा ३ दिन र खोप लगाउने कार्यक्रम रहेको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको थियो । खोपका लागि विद्यालय खोलिए पनि माघ मसान्तसम्म पठनपाठन बन्द रहने बताइएको छ ।

प्रकाशित : माघ १५, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?