कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द गरिने

दुर्गालाल केसी

दाङ — राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्गअन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो पार्ने क्रममा आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले बताए ।

राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द गरिने

दैनिक बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरी काम गरिने उनले जानकारी दिए । तर अत्यावश्यक एकतर्फी हलुका सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाइभर्सन सडक प्रयोग गर्न सकिने बताइएको छ।

यसअघि पनि उक्त राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड बन्द गरी फराकिलो पार्ने काम गरिएको थियो ।

प्रकाशित : माघ १४, २०७८ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?