१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

१० दिनदेखि बेपत्ता ९१ वर्षीया महिलाको शव भेटियो

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने घरबाट हराएको १० दिनपछि शुक्रबार मृत अवस्थामा भेटिएकी छन् । स्थानीय जलविरे सामुदायिक वन अन्तर्गत जंगलको भीरमा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार धर्मकुमारीको शव खोजीको क्रममा सडकबाट झण्डै ३ सय मिटर तल भेटिएको हो । गत माघ ३ गतेपछि परिवारसँग सम्पर्कमा नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : माघ १४, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?