१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाल्पामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

माधव अर्याल

पाल्पा — कोरोनाको तेस्रो लहर सुरु भएपछि पहिलो पटक पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको रम्भा–४, हुमीनका ७२ वर्षीय पुरुष र तानसेन–५ का ९१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पाल्पामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

मिसन अस्पतालमा उपचारको क्रममा दुवै जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या र तानसेनका मृतकमा मुटुसम्बन्धी दीर्घ समस्या रहेको थियो ।

एन्टिजेन परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

कोरोनामा बिरामी बढेसँगै अस्पतालमा भर्ना हुने मानिसको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । पाल्पामा परीक्षण गरिएका मध्ये दैनिक ५० प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको छ । पाल्पामा कोरोनाको सक्रिय संक्रमित ७ सय पुगेको छ ।

प्रकाशित : माघ १४, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?