१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँकेमा कोरोना संक्रमणबाट दुईको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षीय पुरुष र कालिकोटाका १६ वर्षका बालक छन् ।  

बर्दिया, मधुवन नगरपालिका ६ का ७१ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको हो । उनलाई माघ १० गते पीसीआर परीक्षण कोरोना देखिएको थियो । यस्तै कालिकोट, शुभकालिका ५ का १६ वर्षीय बालकलाई माघ ४ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । भोलिपल्ट भेरी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार बिहान ११:१५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

मृतक बालक गोठालो गएको बेला लडेर घाइते भई उपचार गराउन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।


प्रकाशित : माघ १२, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?