कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडकमाथिबाट ढुंगा खसेर मोटरसाइकल चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — सडकमाथिबाट खसेको ढुंगा लागेर तुलसीपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ का ३५ वर्षीय लालबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।

रा ३ प ११०१ नम्बरको मोटरसाइकलमा बुधबार सल्यानको कपुरकोटबाट घोराही जाँदै गर्दा ढुङ्गा खसेर घर्तीको मृत्यु भएको उनले बताए ।

ढुंगा लागेर गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : माघ १२, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?