कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाल्पामा ट्यांकरले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको बर्तुङमा बुधबार ट्यांकरले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुने माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङदेखि प्रभासतर्फ जाँदै गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशामा जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घटनास्थलमा घाइते भएकी गाहाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

स्कुटीलाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : माघ १२, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?