कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रुपन्देहीको देवदहमा २ जना मृत भेटिए

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा २ जना मृत भेटिएका छन् । देवदह नगरपालिका ९ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाह पुल नजिकको जंगलमा एक बालिका र महिलाको शव फेला परेको हो ।

मध्यान्ह १२ बजे रगताम्य अवस्थामा सडकको डिलमा शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । मृतकहरूको पहिचान खुलेको छैन । महिला अन्दाजी २५ वर्षीया छिन् भने बालिका करिब ७ वर्षीया छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले विभत्स अवस्थामा शव भेटिएको बताए । अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । कसले र किन हत्या गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?