कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालगन्ज विमानस्थलमा लागूऔषधसहित एक महिला पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बुद्ध एयरबाट काठमाडौं प्रस्थान गर्न लागेकी कालिकोटकी एक महिलालाई नेपालगन्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकजाँचको क्रममा मंगलबार ती महिला सय ग्राम चरेससहित पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार कालिकोटबाट नेपालगन्ज आएर काठमाडौं जान लागेकी ती महिलालाई जाँच गर्दा उनको साथबाट चरेस फेला परेको हो ।

ती महिलाले औषधिका लागि लैजान लागेको बताए पनि महिला र बरामद गरिएको पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?